काठमाडौं, कात्तिक ८ । नेपाल बार एशोसियसनले बारसहितको फुलकोर्ट बैठक बहिस्कार गर्ने १४ न्यायाधीशको निर्णयलाई निन्दनीय भएको ठहर गरेको छ । बार एशोसियसनको आज बसेको बैठकले १४ न्यायाधीशको निर्णयले बार र बेन्चबीचको सम्बन्धमा सहयोग नपुग्ने निष्कर्ष निकालेको हो ।
बारका कोषाध्यक्ष रुद्र पोखरेलका अनुसार बैठकले यस्ता काम सच्याउन न्यायाधीशलाई गम्भीर ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको छ । आइतबार प्रधानन्यायाधीशसँग बारको टोलीले भेट गर्दा बार प्रतिनिधिसहित फुल कोर्ट बैठक राखेर स्वचालित पेशी तथा बरिष्ठ अधिवक्ताको उपाधी सम्बन्धी निर्णय अघि बढाउने सहमति भएको थियो । तर बरिष्ठतम न्यायाधीश दिपक कार्कीको नेतृत्वमा १४ न्यायाधीशले फुलकोर्ट बहिस्कार गरेकोमा बारले निन्दनीय भनेको हो ।













प्रतिक्रिया दिनुहोस्