जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १०:३३

ओलीको प्रश्न : बदमासी गर्ने अरूले केही गर्नु नपर्ने ? सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने ?


बिराटनगर, कात्तिक ९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै धारणा नराख्ने प्रष्ट पार्नुभएको छ । प्रेस चौतारी मोरङले बिराटनगरमा आज बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमालेका ओलीले यस विषयमा एमालेले बोल्नै पर्ने केही नभएको प्रष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश राणाले अहिलेको सत्तारूढ गठबन्धनसँग मन्त्रालयमा भागबन्डा खोजेको, न्यायालयको सुधारमा अवरोध गरेको भन्दै उहाँले कि राजीनामा दिनु पर्ने कि संसदबाट महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला अध्यक्ष ओलीले यस विषयमा एमाले तटस्थ रहने प्रष्ट पार्नुभएको हो ।

‘पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने ?’ ओलीले भन्नुभयो ‘यो राजनीति हो, यो दाउपेच हो। एमाले यसमा संलग्न हुँदैन।’ अध्यक्ष ओलीले संबिधानले प्रधानन्यायाधीशले संबैधानिक इजलाश तोक्ने अधिकार भएपनि सेटिङमा इजलाश फेर्ने काम भएको र दोषीहरु उनीहरु पनि रहेको बताउनु भयो ।

एमाले स्च्छ, स्वतन्त्र र निश्पक्ष न्यायालयको पक्षमा रहेको पनि उहाँले बताउनु भयो ।