जनता टाइम्स

९ कार्तिक २०७८, मंगलवार १७:४७

महिलामाथि गिद्धे नजर लाउनेलाई माधव–झलनाथले दिए छानीछानी पुरस्कार, यी हुन तीन प्रमाण


काठमाडौं, कात्तिक ९ । नेकपा एमालेबाट बाहिरिदै नेकपा एकीकृत समाजवादी गठन गर्नुभएका माधवकुमार नेपाल र झलनाथ खनालले महिलामाथि गिद्धे नजर लगाउनेलाई छानीछानी पुरस्कार दिन थाल्नुभएको छ ।

पार्टी गठनसँगै पार्टीलाई चन्दा दिनेलाई मन्त्री उपहार दिनुभएका अध्यक्ष नेपाल र सम्मानित नेता खनालले पछिल्लो पटक नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्षमा महिलामाथि गिद्धे नजर लगाउनेलाई पुरस्कार दिनुभएको छ । मन्त्रिपरिषदले निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको युवराज अधिकारीमाथि सोही संस्थाका महिला कर्मचारीमाथि यौन दुब्र्यवहार गरेको अभियोग अदालतसम्मै पुगेको छ । जुन संस्थाको महिलामाथि गिद्धे नजर लगायो, त्यही संस्थाको नेतृत्व दिएर माधव र झलनाथले आफ्नो दलको सैद्धान्तिक आधार नै यौनकाण्डमा मुछिएका र पैसावाललाई पद भन्ने प्रष्ट सन्देश प्रवाह गर्नुभएको छ ।

नेकपा एसले यसअघि नै कर्णालीमा महिलाको कोठामै गएर यौन लिला मच्चाएको भिडियो नै सार्वजनिक हुँदासमेत मन्त्री कुर्मराज शाहीलाई पुरस्कार दिएको थियो । शाहीले महिला सहयोगीको कोठामा गएर जवर्जस्तीकरणी नै गरेको भिडियो सार्वजनिक हुँदा चुपचाप बस्नुभएका नेकपा एसका अध्यक्ष नेपालले उनैलाई पुरस्कृत गरिसक्नु भएको छ । युवराज र कुर्मराज मात्रै होइन, नेकपा एसले सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता बनाएर अर्का यौनकाण्डमा मुछिएका दीघराज सोडारीलाई पुरस्कृत गर्नुभएको छ ।

सोडारी महिला सहकर्मीमाथि चरम यातना र जवर्जस्ती गरेको उजुरीपछि नेकपाकालिन समयमा कार्वाहीमा पर्नुभएको थियो । यी तीन घटनाले माधव नेपालले बिगतमा भन्ने गरेको महिलालाई गलत नजर लगाउनेलाई नसहने कुरा केवल हात्तिको देखाउने दाँत मात्रै हो भन्ने तथ्यलाई उजागर गरेको छ ।