जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार १९:४१

एमाले उपमहासचिव भूसाललाई कोरोना


काठमाडौं, कात्तिक १० । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भूसाल कोभिड–१९ बाट संक्रिमत हुनु भएको छ । हाल उहाँलाई कोरोनाका सामान्य लक्षणबाहेक गम्भिर अस्वस्थता नगरेको बताइएको छ ।

सामान्य स्वास्थ्य अवस्थामा घरमै आराम गरिरहनु भएको सचिवालयले जनाएको छ । भूसाललाई कोरोना संक्रमण पुष्टि भएको बारेमा सचिवालयमार्फत सार्वजनिक गरिएको हो । नेपालमा हाल कोरोना संक्रमण घट्दै गएपनि यसको जोखिम भने कायम नै रहेको छ ।