जनता टाइम्स

१० कार्तिक २०७८, बुधबार २१:५५

सिद्वार्थनगरमा विष्णु पौडेल र घनश्याम भुसाल पक्षबीच निर्वाचन, पौडेल पक्षको सेट नै विजयी


रूपन्देही, कात्तिक १० । रूपन्देहीको सिद्वार्थनगर नगर कमिटीमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । नेकपा एमालेको पालिका अधिवेशनमा यो नै पहिलो निर्वाचन हो । निर्वाचनमा चक्रबहादुर थापा विजयी हुनुभएको छ ।

एमाले उपमहासचिव बिष्णु प्रसाद पौडेल निकट थापाले अर्का उपमहासचिव घनश्याम भुषाल निकट थानेश्वर पौडेललाई १ सय ४ मत अन्तरले पराजित गर्नुभएको छ । २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २ सय २३ मत खसेको थियो । जसमध्ये थापाले १ सय ६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरी बिजयी हुनुभएको छ । उहाँले १ सय ८७ मत प्राप्त गर्दा प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत प्राप्त गर्नुभयो । सचिवमा नारायण प्रसाद भण्डारी बिजयी हुनुभयो । एमाले उपमहासचिव तथा पूर्वकृषि मन्त्री घनश्याम भुषालका स्वकीय सचिव समेत रहेका मनोज कुमार रिजाललाई भण्डारीले १ सय ५४ मतले पराजित गर्नुभयो ।

उपमहासचिवद्वय पौडेल र भुषाललाई समर्थन गर्ने समूहरु बीच सहमति हुन नसकेपछि ३ पदको लागि निर्वाचन भएको थियो । जसमा पौडेल समर्थकहरुको सेट नै निर्वाचित भएको छ । नेकपा एमाले सिद्धार्थनगर कमिटीको अन्य पदमा भने सर्वसम्मतिमै निर्विरोध गरिएको छ । समितिको उपसचिवमा कुमार गुरुङ र माया कंडेल सर्वसम्मत हुनुभएको छ ।