जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार ११:१५

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना


काठमाडौं, कात्तिक ११ । सहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना हुनुभएको छ । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना हुनुभएको हो । उहाँ बीर अस्पताल भर्ना हुनुभएको हो ।

मन्त्री झाँक्रीलाई निमोनिया भएको चिकित्सकले जनाएका छन । बुधबार राती झाँक्री अस्पताल भर्ना भएको उहाँको पारिवारिक स्रोतले बतायो । मन्त्री बनेदेखि नै दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले मन्त्री झाँक्री अस्पताल भर्ना भएको उहााको सचिवालयका सदस्यहरुले बताएका छन ।