जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १४:५०

प्रहरीमा गृहमन्त्रीको आतंक बढेपछि प्रधानमन्त्रीको हस्तक्षेप


काठमाडौं, कात्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा गृहमन्त्री बालकृष्ण खाँणको आतंक बढेपछि हस्तक्षेप गर्नुभएको छ । सचिवालय र पत्नीमार्फत प्रहरीमा मोलमोलाई र उठती अभियान चलाउनु भएका गृहमन्त्री खाँणले काममा अब्बल अधिकृतलाई नै कालापानी खेदाउने अभियान चलाएपछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्नुभएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गृहमन्त्रीले प्रहरीमा आतंक नै मच्चाएको र सवै मुल्यांकणको आधार आर्थिक असुली बनाएको पाइएपछि प्रधानमन्त्रीले हस्तक्षेप गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार अब्बल प्रहरी लखेटने अभियान हुन नहुने भन्दै प्रधानमन्त्री देउवाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरूवा रोक्नुभएको छ । गृहमन्त्री खाणले मंगलबार राति सिंहलाई भैरहवा विमानस्थलमा काज खटाउने निर्णय गर्नुभएको थियो । उहाँको निर्णय जानकारी पाएलगत्तै राती नै प्रधानमन्त्री देउवाले खाणको निर्णय उल्ट्याइदिनु भएको हो ।

खाणले सिंहको ठाउँमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गर्नुभएको थियो । एसएसपी गिरी अब्बल अधिकृत नै भए पनि एसएसपी सिंह काममा उत्कृष्ट रहेको कारण प्रधानमन्त्रीले गृहमन्त्रीका निर्णय बदर गरिदिनु भएको हो । स्रोतका अनुसार राम्रो काम गर्दागर्दै केही तस्करको योजनामा परेर एक वर्ष अवधि नपुग्दै हटाउने निर्णय गृहमन्त्रीले लिएपछि प्रधानमन्त्री देउवा आक्रोशित बन्नुभएको हो ।

सिंहले राम्रो काम गर्दागर्दै पनि अवधि नपुग्दै आफ्नो सरूवा गर्न खोजिएको बताउँदै प्रधानमन्त्रीलाई गुनासो गर्नुभएको स्रोतले बतायो ।
काठमाडौंमा ११ महिनासम्म रहँदा एसएसपी सिंह विवादरहित हुनुहुन्छ । उहाँमाथि तस्करबाहेक कसैले पनि आरोप लगाउने सकेको छैन । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले समेत उहाँमाथि कुनै ‘चार्ज’ लगाएको छैन । तर गृहमन्त्रीले एक्कासी हटाएपछि सुदुरपश्चिम नै घर भएका एसएसपी सिंहर महानगरीय प्रहरी आयुक्त एआइजी हरिबहादुर पालले प्रधानमन्त्रीलाई गुनासो गरेको र सो कुरा तत्काल सुनुवाई भएको प्रहरी स्रोतको भनाई छ ।

प्रहरीमा गृहमन्त्रीकै कारण बिद्रोहको अवस्था आउने सूचना पाएप्छि प्रधानमन्त्री देउवा गम्भीर बन्नुभएको बालुवाटारस्रोतले जनताटाइम्स डटकमलाई बतायो । प्रधानमन्त्री देउवाले काठमाडौंको एसएसपी सरुवा प्रकरण रोकेर गृहमन्त्रीलाई बढता नहुन निर्देशनसमेत दिनुभएको स्रोतको भनाई छ । एक बर्ष नपुग्दै सरुवा गरेर अपमानित र असक्षम सावित गर्न खोजेको भन्दै प्रधानमन्त्री देउवासँग गुनासो पुगेपछि सुरुमा देउवाले गृहमन्त्रीलाई फोन गरी ‘ओइ बालकृष्ण ! यो के गरेको ?’ भन्दै प्रश्न सोध्नुभएको थियो । तर जसरी पनि सरुवाको निर्णय लागू हुने बताएपछि प्रधानमन्त्रीले ‘बढता हुने हैन, निर्णय बदर भयो’ भन्द्र फोन राख्नुभएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार राम्रो काम गर्दागर्दै केही तस्करको योजनामा परेर एक वर्ष अवधि नपुग्दै हटाउने निर्णय गृहमन्त्रीले लिएपछि प्रधानमन्त्री देउवा आक्रोशित बन्नुभएको हो

गृहमन्त्रीको पद समलेलगत्तै खाणले प्रहरीमा चरम हस्तक्षेप सुरु गर्नुभएको थियो । उहाँले लामो समयसम्म एआइजीको सरुवा नै कार्यान्वयन नगरी नेपाल प्रहरी आफ्नो खेलौना जस्तो ब्यवहार गर्नुभयो । पछिल्लो समय खाणले आफूअनुकूल डिएसपीहरूलाई पनि अवधि नपुग्दै हटाउन प्रहरी प्रधान कार्यालयलाई ठाडो निर्देशन दिन थाल्नुभएको छ । हालै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरलाई चार महिनामै हटाइएको छ । उत्कृष्ट काम गरेबापत पुरस्कृत भएको भोलिपल्टै कुँवरलाई हटाइएको हो । कुँवरको ठाउँमा ठगबहादुर केसीलाई खटाइएको छ । रूपन्देही गृहमन्त्री खाणको निर्वाचन क्षेत्र हो ।

यस्तै, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी विश्वराज खड्कालाई खटाइएको छ । खडका पटक–पटक विवादमा आउने अधिकृतका रुपमा परिचित हुनुहुन्छ । दरबारमार्ग आकर्षक पोस्टिङ मानिन्छ । यस्तै लेखापालको सरुवा पनि गृहमन्त्रीकै कारण हुनसकेको छैन । मोलमोलाईका आधारमा सरुवा नीति बनाइएपछि लेखापाल सरुवा रोकिएको हो ।