जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १६:५३

एमाले स्थायी कमिटी बैठक सुरु (फोटोफिचर)


काठमाडौं, कात्तिक ११ । एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ । दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो । आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।