जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १७:५५

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


काठमाडौं, ११ कार्तिक । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । २३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाएन ।