जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १७:५७

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस


काठमाडौं, कात्तिक ११ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार मन्त्रिपरिषद्को बैठकले भोली रातिदेखि लागू हुनेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरेको हो ।

उहाँका अनुसार प्रतिनिधिसभाको नवौं र राष्ट्रिय सभाको दशौं अधिवेशन अन्त्य गर्न राष्ट्रपतिकहाँ सिफारिस गरिएको हो । ‘संघीय संसद्का दुवै अधिवेशन शुक्रबारबाट अन्त्य गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,’ उहाँले भन्नुभयो । आज बसेको मन्त्रिपरिषद्को बैठकले भोलि मध्य रातिदेखि संसद अधिवेशन अन्त्यका लागि सिफरिस गरेको हो।