जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १८:४८

अमेरिका-भारत र बेलायतका लागि राजदूत सिफारिस


काठमाडौं, कात्तिक ११ । सरकारले अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो । राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।