काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने काममा कांग्रेस नलाग्ने प्रष्ट पार्नुभएको छ । बेलायत उडनुअघि आफू निकट नेताहसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्णय सुनाउनु भएको हो ।
प्रधानमन्त्री देउवा आज जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गर्दै हुनुहुन्छ । त्यसअघि निकटस्थहरुसँगको परामर्शका क्रममा बिहीवार प्रधानमन्त्री देउवाले महाअभियोगमा कांग्रेस नजाने प्रष्ट पार्नुभएको एक नेताले बताए ।
कांग्रेसकै केही ‘पपुलिस्ट नेता’ले मिडिया खपनका लागि आफूमाथि दबाब दिए पनि प्रधानन्यायाधीशविरुद्ध महाअभियोगमा जान नसकिने उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्