जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १०:२२

आज पनि हडतालमा न्यायाधीश, नेपाल बारले पनि बोलायो बैठक


काठमाडौं, कात्तिक १२ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए । न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन ।

तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ ।