काठमाडौं, कात्तिक १२ । सर्वोच्च अदालतको इजलास बहिस्कार गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा मागिरहेका दीपक कार्की नेतृत्वको १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेशको मागसहित आज रिट निवेदन दर्ता भएको हो ।
नेपालको संविधानले हरेक नागरिकलाई न्याय प्राप्त गर्ने हकलाई अनतिक्रम्य हकको रुपमा व्यवस्थित गरेको तर, केही दिन यता बन्दी प्रत्यक्षीकरणका रिट निवेदन र थुनुवाका मुद्दामा समेत न्यायाधीशहरूले सुनुवाइ नगरेको कारण मानव अधिकारको हनन भएको दाबी निवेदनमा गरिएको छ ।
अधिवक्ता कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल, नागरिकहरु सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले १५ जना न्यायधीशलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्नुभएको हो ।
















प्रतिक्रिया दिनुहोस्