दोलखा, कात्तिक १२ । दोलखाको भीमेश्वर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको वडा कमिटी र नगर कमिटी सर्वसम्मत गठन भएको छ । आज नगरपालिकाको वडा नम्बर–३ स्थित चरिकोटमा भएको प्रथम अधिवेशनले ज्ञानेन्द्र प्रधानको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको हो।
नगर कमिटीको उपाध्यक्षमा जगन्नाथ बस्नेत, सचिवमा भोला खतिवडा, सह–सचिवद्धय ज्ञानबहादुर तामाङ र मेनुका सुवेदी रहनुभएको छ ।नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई प्रमुख अतिथि आनन्द पोखरेल, प्रतिनिधि सभा सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष ईश्वर चन्द्र पोखरेल, वाग्मती प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सांसद शान्ति पाख्रिनलगायतले माला र टीका लगाएर बधाई तथा शुभकामना दिनुभयो ।
९ वटा वडा रहेको भीमेश्वर नगरपालिकामा वडा कमिटी यसअघि नै सर्वसम्मत चयन भइसकेको छ। वडा नम्बर–४ को वडा कमिटी भने प्राविधिक कारण गठन हुन नसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
जसअनुसार वडा नम्बर–१ वडा कमिटीको अध्यक्षमा उद्धव कार्की, वडा नम्बर–२ को अध्यक्षमा राजेन्द्र नारायनण श्रेष्ठ, वडा नम्बर–३ को अध्यक्षमा राजन थापा, वडा नम्बर–५ को अध्यक्षमा सिताराम सुवेदी, वडा नम्बर–६ को अध्यक्षमा राधाकृष्ण थापा, वडा नम्बर–७ को अध्यक्षमा रघुनाथ कार्की, वडा नम्बर–८ को अध्यक्षामा मानबहादुर केसी र वडा नम्बर–९ को अध्यक्षमा दुर्गा श्रेष्ठ रहनुभएको छ । प्रत्येक वडा कमिटीमा पाँच पदाधिकारी सहित ३१ सदस्य रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्