जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार २०:४३

दैलेख एमालेको ९० वडामा अधिवेशन सम्पन्न: अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन



काठमाडौँ, १२ कार्तिक ।  नेकपा एमाले दैलेखले ११ पालिकाका ९० वडामा एकैदिन वडा अधिवेशन सम्पन्न गरेको छ । सबै वडामा उत्साहका साथ अधिवेशन सम्पन्न भएको र अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिनुभयो ।

पार्टीले ९० वटै वडामा निर्वाचनका लागि प्रतिनिधिहरू खटाएको थियो । दैलेखबाट १२ हजार संगठित सदस्यहरूले दैलेखको एमालेमा आबद्धताका लागि प्रक्रिया बढाएको र सोहीअनुसार वडा अधिवेशनहरू सम्पन्न भएको शर्माले बताउनुभयो ।

गत २०७४ को निर्वाचनमा करिब ६ हजार संगठित सदस्यता रहेको नेकपा एमालेमा १२ हजार संगठित सदस्यता पुगेपछि पार्टी विभाजनको कुनै पनि असर दैलेख एमालेमा नपरेको शर्माको भनाइ छ । ‘सबै पालिकामा निर्वाचनलाई सफल पार्न गएका प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयन भएको जानकारी आएको छ । करिब ४० भन्दा बढी वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भइसकेको र शनिबारसम्म सबै विवरण प्राप्त हुनेछ,’ अध्यक्ष शर्माले भन्नुभयो ।

ने क पा ( एमाले ) दैलेख नारायण नगर पालिकाकावडा न ११ वटा वडाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

वडा न . १ : यामराज काेईराला

वडा न. २ अध्यक्ष : गणेश बहादुर थापा

वडा न.३ वडा :लक्ष्मीप्रसाद पाण्डे

वडा न. ४ वडा अध्यक्ष :बिरबहादुर कटुवाल

वडा न.५ वडा अध्यक्ष ऐमान सि थापा

वडा न.६ वडा अध्यक्ष : धर्मराज उपाध्याय

वडा न. ७ वडा अध्यक्ष : खडग बहादुर शाही

वडा न. ८ वडा अध्यक्ष : गाेपालकुमार विसि

वडा न. ९ वडा अध्यक्ष : ढालबहादुर थापा

वडा न. १० वडा अध्यक्ष बलबहादुर गुरूङ

वडा न. ११ वडा अध्यक्ष टंकबहादुर बिष्ट