जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार ०८:२४

श्रीमतीसमेत मिलेर यौन काण्डमा फसाउन खोजेको भन्दै सुसाइड नोट लेखेर आत्महत्या


काठमाडौं, १३ कार्तिक । एक व्यक्तीले फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। उनले आफुलाई आफ्नै श्रीमतीसहितले यौनकाण्डमा फसाउन खोजेको भन्दै सुसाइड नोट लेखेर प्राण त्यागेका हुन्। पोखराका श्रीप्रसाद बाँस्तोलाले सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइट नोट’ राखेर आफूलाई मर्न बाध्य पारिएको कुरा उल्लेख गरी आत्महत्या गरेका हुन्।बालमैत्री मिडियाका प्रकाशक, पोखरा टेलिभिजनका पूर्व सिइओ, शुभलाभ एडभरटाइजिङ एजेन्सीका सिइओसमेत रहेका उनी बाल अधिकार नेपालका अध्यक्ष, शिशु विकास तथा स्याहार केन्द्रका सदस्य पनि हुन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार बाँस्तोलाले शुक्रवार बिहान करिब चार बजेको समयमा आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको बताए। उनको फेसवुक हेर्दा बिहान ३स्३५ मा आत्महत्या गर्ने बारेको स्ट्याटस राखेको पाइएकोमा करिब साढे चार बजेको समयमा प्रहरीलाई आत्महत्या गरेको खबर पुगेको थियो।बाँस्तोलाले किचन नजिकै पङ्खा राख्ने ‘हुक’ मा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको पोस्टमार्टम समेत भइसकेको छ। मृतक बाँस्तोलाले फेसबुकमा ‘१५ वर्ष अगाडि आमाले भनेको नमान्दाको परिणाम भन्दै देशको वातावरण गर्ने नभई मर्ने बनाउने खालको रहेको उल्लेख गरी पैतृक सम्पत्ति, घर, खेत, जग्गा, सुन, गहना, स्कुल सबै चैट भएकोमा अहिले आफै चैट भएको’ लेखेका छन्।उनले आफ्नी श्रीमती सृजना घिमिरेलाई छल र कपटकी रहेको आरोप लगाउँदै लज्जा देख्नुभन्दा आफै अस्ताउनु बेस भएकोले आत्महत्या गरेको उल्लेख गरेका छन्।