जनता टाइम्स

१० असार २०७६, मंगलवार १६:५५

दोलखाको बैतेश्वर गाउँपालिकाको बजेट ३९ करोड १७ लाख, प्राथमिकतामा पूर्वाधार क्षेत्र


नवीनकुमार खतिवडा/मैनापोखरी

बैतेश्वर गाउँपालिकाको पाचौ गाउँसभा सुरु भएको छ । गाउँ पालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको सभामा आर्थिक बर्ष ०७६/०७७ को निति तथा कार्यक्रम र बजेट गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले प्रस्तुत गर्नुभयो । सभामा आर्थिक विधेयक २०७६, बिनियोजन विधेयक २०७६ र आब २०७६/०७७ बजेट, निति तथा कार्यक्रम प्रस्तुत भएका हुन।

३२ बुदे नीति तथा कार्यक्रम र कुल ३९ करोड १७ लाख २१ हजार रुपैया रहेको बजेट प्रस्तुत भएका हुन । बजेटका प्राथमिकताका क्षेत्रहरू पुर्वाधार बिकास, सस्थागत बिकास र सेवा प्रवाह,सामाजिक बिकास ,वातावरण तथा बिपत ब्यवस्थापन,आर्थिक बिकास र बित्तीय व्यवस्थापन तथा सुशासन रहेका छन।

जसअनुसार पुर्वाधार बिकासतर्फ १० करोड ४५ लाख ५० हजार रुपैया ,सामाजिक तथा सुशासन बिकास तर्फ ६ करोड १४ लाख ४९ हजार,वातावरण तथा बिपत ब्यबस्थापन तर्फ २१ लाख ५० हजार ,आर्थिक बिकास तर्फ ९९ लाख ७२ हजार,र कृषि तथा पशुपालन तर्फ १ करोड ३० लाख रहेको छ। असार २२ गते पुन बस्ने गरि आजको सभा स्थगित भएको गाउँ पालिका अध्यक्ष छवि लामाले सभा मार्फत जानकारी दिनुभयो ।

असार २२ गते बस्ने सभाले आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बिनियोजन विधेक पारित गर्ने छ भने आर्थिक विधेक २०७६ आज नै पारित भएको छ।