जनता टाइम्स

१४ कार्तिक २०७८, आईतवार १९:०१

प्रधानमन्त्री देउवाले राष्ट्रकै बेइज्जत गरे : पूर्वराष्ट्रपति यादव


काठमाडौं, कात्तिक १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुककै बेइज्जत गरेको भन्दै कडा आलोचना गर्नुभएको छ ।

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न छाडेर बिदेश भ्रमणमा निस्केर प्रधानमन्त्रीले राष्ट्रकै बेइज्जत गरेको निश्कर्ष सुनाउनु भएको हो ।

न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको उहाँले बताउनु भयो । न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्नेमा प्रधानमन्त्री बिदेश सयरमा लागेको भन्दै आक्रोश पोख्नुभयो ।

‘न्यायालयमा बेहाल छ तर सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुने टाउको देखाउन सक्छौं ?,’ पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।