जनता टाइम्स

१५ कार्तिक २०७८, सोमबार १६:५५

गृहजिल्लाबाट बादलको गर्जन : प्रचण्ड र माधव दक्षिणपन्थीका प्रतिनिधि


चितवन, कात्तिक १५ । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको ठोकुवा गर्नुभएको छ ।

परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उहाँलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको थापाले बताउनु भयो ।

एमालेले विधान अधिवेशनबाट नै माधव नेपालको भन्डाफोर गरिसकेकाले अबको १०औं महाधिवेशनले प्रचण्डको भन्डाफोर गर्ने उहाँले बताउनु भयो । दक्षिणपन्थीको भन्डाफोर गर्ने अभियान नारायणी नदी किनारबाट सुरु हुने बादलको भनाइ छ । एमालेको १०औँ महाधिवेशन चितवनमा ९–१२ मंसिरमा गर्ने तयारी छ ।