जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार ०८:००

मुख्यमन्त्री बनिनसक्दै बियर उडाएर राईले मनाए उत्सव


सुनसरी, कात्तिक १६ । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिनुभएको छ । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिनुभएको हो ।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटनुभयो । उहाँले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उहाँले केक काटेर बियर उडाउनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहनुभएका राईले मुख्यमन्त्री बनिनक्दै च्याम्पियन फोडेर खुसीयाली मनाउनु भएको हो । सामाजिक सञ्जालमा राखिएको भिडियोमा उहाँले स्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले सोमवार राजीनामा दिएपछि विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गर्नुभएको छ । विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्नसम्म भ्याएका छन् ।