जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार ११:२३

गुन्डा नाइके अभिषेक गिरीलाई ल्याएपछि जेलमै हंगामा


विराटनगर, कात्तिक १६ । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ‘गुन्डा नाइके’ अभिषेक गिरीलाई सरकारले जिल्ला कारागार मोरङ सरुवा गरेर ल्याएपछि कैदीबन्दी आन्दोलित बनेका छन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागारबाट स्थानान्तरण गरी मंगलबार बिहान गिरीलाई विराटनगर कारागारमा ल्याइएको हो । मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो ।

कारागारभित्रै विभिन्न आपराधिक गतिविधि गरेको खुलेपछि उनलाई करिब साढे ३ वर्षअघि मोरङबाट काठमाडौंस्थित डिल्लीबजार कारागार सारिएको थियो ।

मोरङ कारागारमा रहँदा कैदीबन्दीलाई पीडा दिएको आरोप उनी माथि छ । कैदीबन्दीहरू गिरीले विगतामा गरेको बदमासीका कारण असुरक्षित महसुस गर्न थालेका छन् ।