जनता टाइम्स

१६ कार्तिक २०७८, मंगलवार १८:५१

काठमाडौंमा देउसीभैलो खेल्न तोकियो समयसीमा, पटका विक्री नगर्न निर्देशन


काठमाडौं, कात्तिक १६ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा देउसी–भैलो खेल्ने समयसीमा तोकेको छ । राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भन्दै जिप्रका काठमाडौंले आज विज्ञप्ति निकालेर कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ । देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत प्रशासनले भनेको छ ।