जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार १२:०१

महाधिवेशन स्थलदेखि अयोध्यासम्मको निरीक्षण सकेर काठमाडौं फर्किए एमाले अध्यक्ष ओली


चितवन, कात्तिक १७ । तीन दिने चितवन बसाइपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्कनुभएको छ । अध्यक्ष ओलीलाई एमाले बागमतिका सहइञ्चार्ज काशीनाथ अधिकारी, चितवन अध्यक्ष पार्वती रावल जनन्नाथ थपलिया, कृष्णभक्त पोखरेललगायतले बिदाइ गर्नुभयो ।

अध्यक्ष ओलीले चितवन बसाइका क्रममा पार्टीको दसौं महाधिवेशन स्थल निरीक्षणसहित दर्जनौं कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । उहाँले माडीमा भएको सभालाई सम्बोधन गर्नुभयो भने नारायणीमा सञ्चालन भएको क्रुजको पनि निरीक्षण गर्नुभयो ।

स्थलमार्गबाट चितवन आउनुभएका अध्यक्ष ओलीले मदन आश्रितको दुर्घटनास्थल दासढुंगामा माल्यार्पणसहित नेताद्वयप्रति श्रद्धाञ्जली अर्पण गनृुभएको थियो ।