काठमाडौं, कात्तिक १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूले बुधवार बन्दी प्रत्यक्षीकरणका मुद्दा हेरेका छन् ।
प्रधानन्यायाधीश जबराले तोकेका ९ इजलासमध्ये अधिकांशमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको आधिकारिक वेबसाइटमा जनाइएको छ । दीपक कुमार कार्की र प्रकाश कुमार ढुंगाना, मीरा खड्का र सुष्मालता माथेमा, विश्वम्भर प्रसाद श्रेष्ठ र टंक बहादुर मोक्तान, सपना प्रधान मल्ल र बम कुमार श्रेष्ठ तथा कुमार चुडालको इजलासमा सुनुवाइ शुरू भएको छ ।













प्रतिक्रिया दिनुहोस्