भक्तपुर, कात्तिक १७ । एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस नेता गगन थापालाई जस्ताको तस्तै जवाफ फर्काउनु भएको छ । सत्तारुढ कांग्रेसका नेता थापालाई चुनौति दिँदै बस्नेतले आगामी निर्वाचनपछि भक्तपुरमा कांग्रेस भुगोलमा नभेटिने बताउनु भयो ।
थापाले नेता बस्नेतको गृहस्थान गुण्डुमा कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा एमालेलाई बढार्ने अभिब्यक्ति दिनुभएको थियो । सोही प्रशंगलाई लक्षीत गर्दै नेता बस्नेतले भक्तपुरमा एमालेको संगठन तथा एमालेको नेतृत्वमा गरेको विकासले जनताले एमालेको विकल्पमा कांग्रेसको कल्पना समेत गर्न नसकेको बताउनु भयो । परमादेश तथा सेटिङको माध्यमबाट अनैतिक तथा अबैध गठबन्धन गरी सरकार सञ्चालन गरिरहेका पाँच दलीय गठबन्धनको नेतृत्वकर्ता कांग्रेस जनताको नजरमा सक्किने दिशामा गएको पनि उहाँले बताउनु भयो ।
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ कमिटीले आयोजना गरेको शुभदिपावली, नेपाल सम्वत ११४२, छठलगायतका नेपालीहरुको चाडपर्वहरुको द्यौसी भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको नेतृत्वमा भक्तपुरमा विकासले ऐतिहासिक फड्को मारेको र कांग्रेसको नेतृत्वमा भक्तपुर विकासमा बक्तिमुनीको अध्यारो बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसलाई भक्तपुरमा भुगोलमा नभई गुगलमा सिमित गर्दै गुगलमा खोज्ने बनाउँछौं । गगनजी कांग्रेसलाई सच्याउनुस, सक्किने बाटोमा नलैजानुस । एमालेलाई बढार्ने हैन, भक्तपुबाट तपाईको पार्टी कांग्रेसलाई इतिहासमा सिमित हुँदैछ ।’ कांग्रेसले अवैध सांसदहरुको बैशाखी टेकेर तथा बदनाम भइसकेका माधव नेपाल र पुष्पकमल दाहालकौ बैशाखी टेकेर सरकार सञ्चालन गरी आफु पनि पूर्ण रुपमा बदनाम भइसकेको उल्लेख गर्दै नेता बस्नेतले वर्तमान नेपालको राजनीतिमा एमाले भर्सेस अरु दल जस्तो बनेको बताउनुभयो ।
कांग्रेसको नेतृत्वमा आउने बजेट आफ्ना कार्यकर्ताको घर तथा कार्यकर्ताको परिवारमा श्राद्ध, जुत्ता, साडीलगायतका खरिदमा सकेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको नेतृत्वमा भक्तपुरमा आएको बजेटको हिसाव किताव जनतालाई प्रष्ट बुझेकाले भक्तपुरमा कांग्रेसले ठूलो कुरा नगर्न समेत चेतावनी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्