भक्तपुर, कात्तिक १८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक्लाएक्लै चुनाव लडेर संघीय संसदको निर्वाचनमा एमालेलाई हराउन नसकिने तथ्य खोल्नुभएको छ ।
मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो तथ्य खोल्नुभएको हो । ‘आगामी चुनावमा एमालेविरुद्ध पाँच दलको गठबन्धन हुन्छ, पाँच दलीय गठबन्धन कसैले भत्काउन सकिँदैन,’ नेपालले भन्नुभयो ।
अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्