अछाम, कात्तिक १८ । अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । तर, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी छ ।
मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको छ । उपाध्यक्षमा तकेन्द्र रावल, सचिव डम्मर रावल, उपसचिवमा लालसरि सुनार र कालुसिह विक रहेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिनुभयो ।
यस्तै साँफेबगरमा ललित कुँवरको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा उपाध्यक्षमा ललित रैगाई, सचिवमा ललित बोगटी र उपसचिवमा यदिन मिया चयन हुनुभएको छ । कमलबजारमा खेमराज जोशीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । उपाध्यक्षमा लोकबहादुर शाही, सचिवमा दुर्गाप्रसाद तिमेलसैना तथा उपसचिवमा कमलप्रसाद बजगाईँ र जुना खड्का हुनुहुन्छ ।
यस्तै तुर्माखाँदमा गौमती शाहीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा धनबहादुर साउँद, सचिवमा पदमबहादुर बिसी तथा उपसचिवमा नवराज धमाला र विनोद शाही रहनुभएको छ । रपाटीमा झंकर साउँदको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा प्रेम खड्का, सचिवमा पूर्ण खड्का तथा उपसचिवमा रमेश विक र लक्ष्मीदेवी खड्का रहनु भएको छ ।
बान्नीगढीमा हर्कबहादुर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा गणेशबहादुर साउँद, सचिवमा लोकबहादुर ठकुल्ला् तथा उपसचिवमा प्रेमबहादुर रावल र प्रगति रावल हुनुहुन्छ।
ढकारीमा अम्बरबहादुर बुढाको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। उपाध्यक्षमा भवानिप्रसाद उपाध्याय, सचिवमा नहकुल साउँद, सहसचिवमा हिक्मत साउद र जानकी साउँद बोहरा रहनुभएको छ ।
मेल्लेखमा केशर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा अनिल शाह, सचिवमा सुरेन्द्र साउँद र उपसचिवमा चन्द्रकला बुढा चयन हुनुभएको छ ।
पञ्चदेवल विनायक नगरपालिकामा २१ गते पालिका अधिवेशन हुने एमालेले जनाएको छ । रामारोशन गाउँपालिकामा बन्द सत्र २० गतेका लागि सारिएको कार्यालय सचिव केसीले जानकारी दिनुभयो ।












प्रतिक्रिया दिनुहोस्