जनता टाइम्स

११ असार २०७६, बुधबार १२:३६

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्नीकी सहयोगीलाई दिए ह्वाइट हाउसको प्रेस जिम्मेवारी


वाशिङटन, असार ११

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानियाकी सहयोगी स्टेफानी ग्रीशाम अब ह्वाइट हाउसको प्रेस सेक्रेटरी तथा कम्युनिकेसन डाइरेक्टर हुने भएकी छन् । उनी यसअघि प्रथम महिलाको डेपुटी चिफ अफ स्टाफको रुपमा काम गर्दै आएकी थिइन् । यसअघिकी ह्वाइट हाउसका प्रवक्ता सराह स्यान्डर्सले पदबाट राजीनामा दिएपछि सो पद पूर्ति गर्न लागिएको हो ।

मेलानियाले ‘उनी भन्दा राम्रो मान्छे हाम्रो देश र प्रशासनमा काम गर्न अरु हुन्छ जस्तो मलाई लाग्दैन’ भन्दै ट्विट गरेकी छन् । यो महिनाको शुरुमा स्यान्डर्सले पदबाट राजीनामाको घोषणा गरेकी थिइन् । राष्ट्रपति ट्रम्पले ग्रीशाम ‘फ्यान्टास्टिक’ भएको र उनले मंगलबार बिहान सो पद स्वीकार गरेको जनाएका छन् । ग्रीशाम सो पदमा नियुक्त भएकोमा स्यान्डर्सले पनि खुसी व्यक्त गरेको बीबीसीले जनाएको छ ।