जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार ०९:३९

एमाले अध्यक्ष ओलीबाट ‘गन्तव्य मध्यपुर थिमि’ पुस्तक सार्वजनिक


काठमाडौं, १९ कार्तिक । ‘गन्तव्य मध्यपुर थिमि’ तस्बीर पुस्तक सार्वजनिक गरिएको छ । मध्यपुर थिमि ४–स्थित दुईपोखरीमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तकमा भरतबन्धु थापाले खिचेका मध्यपुर थिमि नगरपालिकाभित्रका संस्कृतिक, धार्मिक एवम जीवन शैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मध्यपुर कला र सस्कृतिको हिसाबले धनी रहेको भन्दै नगरपालिका क्षेत्रभित्रका प्राचीन साँस्कृतिक विरासतयुक्त सम्पदा, ऐतिहासिक स्थलहरु, कला र परम्परा झल्काउने तस्वीरहरुसमावेश रहेको यस संग्रहले मध्यपुर थिमिको पर्यटन, प्रवर्धन र विकासमा सहयोग पुर्‍याउे बताउनुभयो ।

थिमिका मेयर मनदसुन्दर श्रेष्ठले मध्यपुर थिमिको धार्मिक, साँस्कृतिक, प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरुलाई उजागर गरी देश विदेशमा जानकारी दिन सकेमा आन्तरिक र बाह्य पर्यटन विकास हुने बताउनुभयो। साथै सम्पदाको संरक्षण र प्रवर्धन गर्दै बहुआयामिक रोजागारी सिर्जनाबाट समृद्ध नगर निर्माण गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

मेयर श्रेष्ठले अहिले ४५ वर्षपछि परम्परागत लायकू भैलः २३ वर्षपछि महाकाली नाच, १७ वर्षपछि सलाचा प्याखँ, १३ वर्षपछि म्हे्खः प्याखँ नाच, भैतिमैली प्याखँ (राजकुमार नाच० लगायतले निरन्तरता पाएको जानकारी गराउनुभयो । साथै मूर्तिकलाहरुको संरक्षण क्रममा २३ वटा मन्दिरहरु, ३७ वटा फल्चाहरु, २५ वटा ढुंगेधाराहरु, २० वटा ईनारहरु, १५ वटा पोखरीहरु, ५ वटा विहारहरू, ३ वटा लायकू दरबारहरु पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । जुन अधिकांश लोप हुन लागेका, जीर्ण रहेका र भूकम्पले क्षति पुगेका सम्पदाहरु रहेका उहाँको भनाइ छ ।कार्यक्रममा लेखक भरतबन्धु थापाले पुस्तक तयार गर्न दश महीना लागेको बताउनुभयो ।

अब चाँडै नै सातैवटा प्रदेशका प्रमुख पर्यटीक धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृकिक सुन्दरतालाई समावेश गरेर ३२४ पृष्ठको तस्वीर पुस्तक पनि सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो । पत्रकार थापाले यसअधि वाइल्ड वेष्ट नेपाल, गन्तव्य कर्णाली, एक्सपोलर फारवेष्ट र कर्णालीसहित चारवटा पुस्तक सार्वजनिक गर्नुभएको छ। कार्यक्रममा पत्रकार थापालाई सम्मान पनि गरीएको थियो ।