जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १०:५४

जुवा खालबाट समातिए दोलखा कांग्रेसका सभापति


काठमाडौं, कात्तिक १९ । नेपाली कांग्रेस दोलखाका सभापति जुवाखालबाट पक्राउ परेका छन्। दोलखा कांग्रेसका सभापति बर्मा लामासहित १८ जनालाई बौद्धबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना प्रहरीलाई आएपछि छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका महानगरीय प्रहरी वृत्त, बौद्धले जनाएको छ। पक्राउ परेका उनीहरुको साथबाट ६ लाख ३२ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र मुद्दा चलाइने प्रहरीले बताएको छ।