जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १४:०१

समकालिनहरुको इर्स्या र कुण्ठाले केपी ओलीको लोकप्रियता घटदैन : शंकर पोखरेल


काठमाडौं, कात्तिक १९ । एमाले नेता शंकर पोखरेलले पुष्पकमल दाहाल पचण्ड र माधव नेपालहरुको इर्स्या र कुण्ठाले एमाले अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता नघटने ठोकुवा गर्नुभएको छ ।

ओलीको जीवनसंघर्षको यात्रा नेपाली समाजको सकारात्मक चासोको विषय वनिसकेको भन्दै एमाले स्थायी कमिटी सदस्य पोखरेलले समकालिनहरु (माधव प्रचण्ड) को इर्स्या र कुण्ठाले त्यो नघटने बताउनु भएको हो ।

‘केपी शर्मा ओलीको जीवनसंघर्षको यात्रा नेपाली समाजको सकारात्मक चासोको विषय वनिसक्यो। समकालिनहरुको इर्स्या र कुण्ठाले त्यो घट्ने होइन,’ पोखरेलको भनाई छ ।