जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १४:४१

माधव नेपाललाई ठूलो झडका, आफ्नै निर्वाचन क्षेत्रका प्रभावशाली नेताले गरे एमालेमै रहने घोषणा


काठमाडौं, कात्तिक १९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनेकौं प्रलोभन दिएपनि काँडाघारीका स्थापित समाजसेवी अच्युतम केसी एमालेमै रहने निर्णय सुनाउनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ का निकै लोकप्रिय समाजसेवी तथा ब्यवसायी केसीले आज एमाले नेता पार्वत गुरुङसहितको भेटघाटमा आफू एमाले छाडेर अन्य पार्टीमा नलाग्ने प्रतिवद्धता जनाउनु भएको हो ।

आफ्नो निर्वाचन क्षेत्रका स्थापित ब्यक्ति केसीलाई नेकपा एसमा लैजान माधव नेपाल पटक पटक उहाँको निवास जाने गर्नुभएको थियो । दोलखाको बिगू गाउँपालिकाको लादुुक निवासी केसीलाई फकाउने माधवको सवै प्रयाश असफल बनेको हो । केसीको यो घोषणासँगै दोलखाको बिगू गाउँपालिका समेत एकढिक्का बनेको छ ।