जाजकोट, कात्तिक १९ । नेकपा एमाले जाजरकोटले सात वटै पालिका र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । एमालेले प्रथम अधिवेशनबाट पालिका र वडाको नेतृत्व सर्वसम्मत श्रपमा चयन गरेको हो । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको हो ।
देश संघीय संरचनामा गएपछि एमाले जाजरकोटले पहिलो पटक नगर तथा गाउँ अधिवेशन सम्पन्न गरेको हो । एमाले जाजरकोटले दिएको जानकारी अनुसार हालै सम्पन्न अधिवेशनहरुले भेरी नगर कमिटि अध्यक्षमा गौरी बहादुर कार्की, नलगाड नगर कमिटी अध्यक्षमा जनक बहादुर शाही र छेडागाड नगर कमिटी अध्यक्ष गणेश बहादुर थापालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।

त्यसैगरी जुनीचाँदे गाउँ कमिटी अध्यक्षमा कृष्णबहादुर शाह, बारेकोट गाउँ कमिटि अध्यक्ष भक्त बहादुर बस्नेत, शिवालय गाउँ कमिटी अध्यक्ष रंगनाथ योगि, कुशे गाउँ कमिटि अध्यक्ष जयबहादुर विकलाई सर्वसहमत चयन गरिएको छ ।
जिल्लाका सात वटा स्थानीय तह र ७७ वटा वडामा अधिवेशन सम्पन्न गर्नुको साथै पालिका र वडा स्तरमा नयाँ नेतृत्व चयन गरेको एमाले जाजरकोटले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्