जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १८:५५

एमालेको नेतृत्व चयन चुनाव कि सहमति ? यस्तो छ बिष्णु रिमालको खुलासा


काठमाडौं, मकात्तिक १९ । नेकपा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनले विधान महाधिवेशनमा झैँ उच्च तहको समझादारीसहित नेतृत्व चयन गर्ने बताउनु भएको छ ।

एमाले नुवाकोट काठमाडौँ सम्पर्क मञ्चले दिपावलीका अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा रिमालले महाधिवेशनले विश्वलाई नेपालको सन्दर्भको माक्र्सवाद मानिने जनताको बहुदलीय जनवादलाई मौलिकताका साथ कार्यान्वयनको स्पष्ट सन्देश दिने बताउनु भयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको छ ।

उहाँले गत असोजमा भएको पार्टीको विधान महाधिवेशनले दक्षिणपन्थी उग्रवादबाट बच्दै अग्रगामी रुपान्तरणका लागि सर्वसम्मतरुपमा दस्तावेज पारित गर्नु ऐतिहासिक उपलब्धि भएको जानकारी पनि दिनुभयो ।