जनता टाइम्स

१९ कार्तिक २०७८, शुक्रबार १९:२५

नेपाल सम्वतमा ओलीको शुभकामना : समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने अठोट


काठमाडौं, कात्तिक १९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सवै नेपालीबीच एकतामार्फतसमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताउनु भएको छ । नेपाल सम्वत ११४२ को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो बिश्वास ब्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा एमाले अध्यक्ष ओलीले नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाःलाई बिशेष स्मरण पनि गर्नुभएको छ ।

‘नेकपा एमाले नेतृत्वको पूर्ववर्ती सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराएको थियो । हामीले नयाँ संविधान अनुरुपका संरचनागत, भौतिकपूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएकाथियौं । राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेततापूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिकालागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु मा हार्दिक आह्वानगर्दछु । यसै एकतामार्फत हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु,’ ओलीले भन्नुभएको छ ।

शुभकामना
नेपाल सम्बत् ११४२ का अवसरमा स्वदेश तथाविदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई शंखधर साख्वाःले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीनकालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ । नेपाल सम्बत्११४२को यस सुखद अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्न चाहन्छु ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छ । यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित छन् । एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं । हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।

नेकपा एमाले नेतृत्वको पूर्ववर्ती सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराएको थियो । हामीले नयाँ संविधान अनुरुपका संरचनागत, भौतिकपूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएकाथियौं । राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेततापूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु मा हार्दिक आह्वानगर्दछु । यसै एकतामार्फत हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा, नेपाल सम्बत् ११४२ का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामनागर्दछु ।

१९ कात्तिक २०७८

केपी शर्मा ओली
अध्यक्ष