जनता टाइम्स

२० कार्तिक २०७८, शनिबार ०७:५१

आपसी मेलमिलाप र सहिष्णुतालाई सुदृढ बनाउँदै चाडपर्व मनाउन ओलीको आग्रह


काठमाडौं, कात्तिक २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँस्कृतिक विविधतालाई द्वन्द्वको अवसरको रुपमा दुरुपयोग गर्ने प्रयास भएको बताउनुभएको छ । नेपाल सम्बत् ११४२ का अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले नेपाल विविधतायुक्त मौलिक परम्परा भएको राष्ट्र भएकोसमेत उल्लेख गर्नुभएको छ । ‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं,’ शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ । उहाँले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनका सबै काम पूरा गरेको जानकारी पनि दिनुभएको छ ।

‘यस पर्वको अभिन्नअंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

शुभकामनाको पूर्णपाठ
तिहार पर्व, २०७७ तथा भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यमपञ्चकको पाँच दिनसम्म मनाईने यस पर्वमा मानवजीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप पूजा गर्ने प्रचलन छ । पाँच दिनसम्म मनाईने तिहारमा हरेकका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिमदिन भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीकाबीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रहीआएको छ । यस पर्वको अभिन्नअंगको रूपमा रहेको देउसी/भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुतालाई सुदृढ बनाउँदै आएको छ । तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हामीले हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजुल खर्चमा हौसिनेजस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ ।

सरकारको नेतृत्वमा रहंदा नेकपा (एमाले)ले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकको विकास र समृद्धिको नेतृत्वदायी भूमिकानिर्वाह गर्यो । हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्र्न नयाँ संविधान अनुरुपका संरचनागत, भौतिकपूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्ने हाम्रो यस अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु ।

अन्त्यमा, तिहार तथा भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

२० कात्तिक २०७८
केपी शर्मा ओली
अध्यक्ष, नेकपा (एमाले)