जनता टाइम्स

२० कार्तिक २०७८, शनिबार ०९:०२

गगन थापाबिरुद्ध जनआक्रोश, जनताले फर्काए कठोर जवाफ


काठमाडौं, कात्तिक २० । कांग्रेस नेता गगन थापालाई भक्तपुरका जनताले कडा आक्रोशसहित जवाफ फर्काएका छन । भक्तपुरमा आएर एमालेलाई बढार्ने अभिब्यक्ति दिएसँगै भक्तपुरका जनताले गगनलाई जवाफ फर्काउँदै ब्याट्री विनाको रेडियोको संज्ञा दिएका छन् ।

थापाले १७ गते सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुगी एक कार्यक्रममा आगामी निर्वाचनमा एमालेलाई देशभरबाट बढार्ने तथा भ्याकुम लगाउने अभिव्यक्ति दिनुभएको थियो । सोही प्रशंगमा भक्तपुरमा विकासको संम्वाहक एमाले रहेको दावी गर्दै जिल्लाका जनताले सामाजिक सञ्जालमा नेता थापा बिना ब्याट्रीको रेडियोको संज्ञा दिएका छन् ।

यस्तो छ, भक्तपुरका जनताले गगनलाई दिएको जवाफ

१. हे गगन थापा !! आज तिमिले जनताको पार्टी नेकपा एमालेलाइ कुचोँ लगाएर बढार्ने कुरा गरेउ । यदि तिमी प्रजातन्त्रको जननी हुँ भन्ने काँग्रेसको सच्चा कार्यकर्ता हौ भने चुनावमा जनतालाई निष्पक्ष ढंगले भोट हाल्न दिम तब थाहा हुन्छ कि जनताले कसलाई बढारेर कहाँ पुर्याउने छ । संसदीय ब्यवस्थामा कसलाई राख्नुपर्ने र कसलाई फ्याक्नु पर्ने हो त्यो जनताले फैसला गर्ने हो न कि तिमी जस्ता बिना ब्याट्रीको रेडियोले ?

२. इतिहासमा नेपाली काँग्रेसले एकपटक दुई तिहाईको सरकार र दुई पटक एक तिहाईको सरकार संचालन गर्ने मौका पाउदा कुन चाहिँ कार्यकाल ५ बर्ष चलाएको रेकर्ड छ र आज केपी ओलीले दुई तिहाईको कम्युनिष्ट सरकार एक कार्यकाल चलाउन सकेन भन्दै तिमी रोइलो गर्नु पर्ने ?

३. विचार र सिद्धान्तले राजनीति गरेर यो ब्यवस्था जोगाउनु पर्नेमा दवंग शैली अपनाएर समाजमा अराजक गतिविधिहरु संचालन गर्ने तिमी जस्ता काँग्रेसले यो देशको राष्ट्रियता जोगाउने एमाले बढारेर फ्याक्ने साहस तिमीमा पलाउनु अघि चुनावमा काँग्रेसले काँग्रेसकै भोट किन्न पैसाको प्रयोग गर्नु पर्ने अहिलेको अवस्था थाहा छ कि छैन ?

४. चुनाव बाहेक अन्य बेला जनताका गुनासो र समस्याहरु सुन्न कहिल्यै पनि चासो नराख्ने तिमी जस्ता काँग्रेसले केपी ओली विरुद्ध राजनैतिक स्टन्ट दिएर आफ्नो राजनैतिक भविष्य सुनिश्चित गर्नु पर्ने दिन आएकै हो त ?

५. तिमीलाई एमालेभित्रको भीम रावल लगायत नेताहरुको राजनैतिक भविष्य देखेर दया र माया लाग्छ भने आजीवन गिरिजाप्रसाद कोईरालाले तानाशाहि ढंगले पार्टी सभापति नचलाएको भए महन्त ठाकुर, विजय कुमार गच्छादार, शरदसिंह भण्डारी र शेरबहादुर देउवा लगायतले पार्टी फुटाउथ्यो ?? हे हल्लाका डल्ला गगन !!

६. भीम रावल, घनश्याम भुसाल लगायतको अवस्थाको बारेमा दुखेसो पोख्नु अघि गिरिजाको शासनकालमा कृष्णप्रसाद भट्टराई र गणेशमानसिंहको दयानीय अवस्थाको स्मरण पो गर्ने हो कि ??

७. अधिवेशनमा एक साधारण सदस्य उम्मेदवारी दिन १६००० दर्ता शुल्क लिने, सरकारमा पुगे पछि जन विरोधी एवंम राष्ट्रघाती कामहरु गर्ने, हुँने खानेले मात्र पद र प्रतिष्ठा पाउने तर हुँदा खानेले केहि पनि नपाउने, पद र प्रतिष्ठा पाउन पैसाको खोलो बगाउनु पर्ने र समाजलाई परिवर्तन गर्ने भन्दा नि ब्यक्ति कसरी सम्पन्न हुने भन्ने दृष्टिकोण राख्ने नेपाली काँग्रेस चाहिँ जनताको पार्टी हो कि सिमित हुनेखाने वर्गको प्राईभेट कम्पनी हो ??

८. भक्तपुरमा आएर निकै भुकेछौ एमालेलाई भक्तपुरबाट बढार्छौ भनेर । आफ्नो क्षेत्रबाट आफ्नो अस्तित्व जोगाइराख बरु सक्छौ भनी परमादेशको गाठो सरकारले गरेको कामको गतिविधि जनताले प्रष्ट निहाली रहेका छ्न । भुमी बिहिन जनताको गाँस बास कपास खोसि चाडवाडको मुखमा रगतको खोलो उपहार दिएको कुरा ताजै छ ।

९. को फालिन्छ ? आउदो चुनावमा थाहा हुने छ। परमादेश देशको अलोकतान्त्रिक गाठो जेलिएको सरकार कसरी प्रधानमन्त्री देउवाको श्रीमती आरजु राणाको वरिपरि मुठीमा घुमेको छ भन्ने कुरा प्रष्ट छ ।

जनता माज आफ्नो घरलाई लोकतान्त्रिक नीति सिकाउनु होस हाम्रो घरको चिन्ता तपाईंले गरि राख्नु पर्दैन गगन थापाज्यू, कमरेड महेश बस्नेतले भक्तपुरमा गर्नुभएको विकास देखेर नडराउनुहोस । भक्तपुरको जिम्मा महेश बस्नेतले नै लिने हो, लिरहनु भएको छ।