जनता टाइम्स

२० कार्तिक २०७८, शनिबार ०९:५२

सर्लाही एमालेले पायो पूर्णता, राजनारायणको अध्यक्षतामा १७३ सदस्यीय कमिटी घोषणा (सूचीसहित)


सर्लाही, कात्तिक २० । नेकपा एमालेको २ नम्बर प्रदेश कमिटीले लामो समयदेखि रोकिएको सर्लाही जिल्ला कमिटीलाई पूर्णता दिएको छ । प्रदेश कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीलाई पूर्णता दिएको अध्यक्ष ज्वाला कुमारी शाहले बताउनु भयो ।

प्रदेश कमिटीले जिल्ला कमिटीको अध्यक्षमा राजनारायण शाहलाई जिम्मेवारी दिएको छ । साहको अध्यक्षतामा गठित १७३ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्ष कल्पना कटुवाल, सचिव केदार खत्री र उपसचिव विदुर प्याकुरेल रहनुभएको छ ।