जनता टाइम्स

११ असार २०७६, बुधबार १२:४६

भारतका प्रधानमन्त्री मोदीसँग अमेरिकी विदेशमन्त्रीको भेट, विविध विषयमा कुराकानी


नयाँदिल्ली, असार ११

भारतको दुई दिने भ्रमणका लागि मंगलबार राति नयाँ दिल्ली आउनु भएका अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुभएको छ ।

भेटमा भारत र अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको भारतका विदेश प्रवक्ता रभीसकुमारले ट्विट गर्दै जनाउनुभएको छ । तर, के के विषयमा कुरा भयो भन्ने बारेमा भने उहाँले खुलाउनुभएको छैन ।