जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार ०७:०४

माओवादी केन्द्र र प्रचण्डबारे प्रभु साहको नयाँ खुलासा


काठमाडौं, कार्तिक २१ । एमालेका नेता प्रभु साहले नेकपा माओवादी केन्द् पसलमा परिणत भएको बताउनुभयो। रौतहटको कटहरियामा आयोजित तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा नेता साहले माओवादीको एउटा पसलका रूपमा मात्र बाँकी रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो । खासमा माओवादी एउटा पसलको रूपमा मात्र बाँकी छ । प्रचण्ड त्यसको एउटा व्यापारी बनेको, उहाँले भन्नुभयो , माओवादी विचार, विरासत, मुद्दा र सहिदहरूको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धोका दिएका छन् । जनतालाई धोका दिएको भन्दै उहाँले प्रचण्डको पतन निश्चित भएको दाबी गर्नुभयो । ूजनतालाई धोका दिने प्रचण्डहरूको पतन निश्चित छ, उहाँले भन्नुभयो । उहाँले प्रचण्ड केशरजंग रायमाझी प्रवृत्तिको पुनरावृत्ति भएकोसमेत जिकिर गर्नुभयो । उहाँले भाषणको अधिकांश समय माओवादी नेताहरूको आलोनामा खर्चिएका थिए ।