जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार ०७:३२

थारु संग्रहालय घुम्न आउनेको संख्या बढ्दै


उदयपुर, कात्तिक २१ । उदयपुरको बेलका नगरपालिका २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ । कोभिड पश्चात जनजीवन सामान्य बन्दै गएपछि आन्तरिक पर्यटकको संख्या बढदै गएको हो ।

संग्रहालयमा जन्मदेखि मृत्यु पर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने थारु जातिको मौलिक सामग्रीकोे अवलोकन गर्न सकिन्छ । अहिले उदयपुर, सुनसरी र सप्तरी जिल्लाबाट संग्राहलय हेर्न आउन थालेको संग्रहालयका अध्यक्ष मिश्रिकान्त चौधरीले जानकारी दिनुभयो । २०७७ मंसीर १३ मा तत्कालीन प्रदेश राज्यमन्त्री विजयकुमार विश्वासले संग्रहालयको भवन उद्धघाटन गर्नुभएको थियो ।

संग्रहालयका अध्यक्ष समेत रहनुभएका चौधरीले वेलका नगरपालिका– २ करहिया वेल्हामा रहेको ६ धुर जग्गा संग्रहालय निर्माणका लागि दान दिनुभएको थियो ।