काठमाडौं, कात्तिक २१ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका लागि बनेको पार्टी रहेको बताउनुभएको छ । एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘एमाले देशका लागि बनेको पार्टी हो । यो पार्टी मान्छे अल्मल्याएर दुनो सोझ्याउने पार्टी होइन । जनताका लागि जाग्ने पार्टी हो ।’ अध्यक्ष ओलीले अरुको हितका निम्ति काम गर्नेलाई परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो,‘कर्णालीमा जनताले जित्नुपर्छ । भ्रमले जित्ने होइन । अरुका दलाल र ठगहरुले होइन । कर्णालीमा कर्णालीले जित्नुपर्छ।’













प्रतिक्रिया दिनुहोस्