जनता टाइम्स

२१ कार्तिक २०७८, आईतवार १६:०६

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक हो : ओली


काठमाडौं, कात्तिक २१ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको भक्षकको रुपमा संज्ञा दिनुभएको छ । नेकपा एमाले कर्णाली–काठमाडौं सम्पर्क समितिले तिहारका अवसरमा आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन लोकतन्त्रका भक्षकहरु हुन् । यिनीहरुलाई लोकतन्त्रका मूल्य, मान्यता होइन सत्ता चाहिएको छ, देश होइन ।’ उहाँले भ्रमहरुकाविरुद्ध लड्ने जागरण पैदा गर्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले थप्नुभयो,‘प्रतिगामी परमादेश अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौं । तर, लोकतन्त्र तलमाथि हुन दिदैंनौं । संविधान च्यात्न दिदैंनौं ।’ उहाँले भन्नुभयो,‘आफ्ना हितहरुको सुरक्षा गर्न शासकहरुले राज्यको प्रबन्ध गरेको हुन्छ । यस्तै, गलत चेतना विस्तार गर्न विशेष पण्डित तयार गरेको हुन्छ ।’