काठमाडौं, कार्तिक २१ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको आम्दानीमाथि प्रश्न गर्नुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाउनुभएको हो । हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उहाँले भन्नुभयो , ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ? ’
ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २(४(५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ?, कहाँको आम्दानीले ?’ पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले बताउनुभयो । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उहाँले भन्नुभयो, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’













प्रतिक्रिया दिनुहोस्