जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार ०९:३४

आज देशभरको मौसम सामान्यतया सफा रहने : यस्तो छ तीनदिनको मौसम


काठमाडौं, २३ कार्तिक । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना छ । तर राति देशको पहाडी भूभागमा आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने छ।राति मौसम सफा भएपछि बिहान भने न्यूनतम तापक्रम घटेर चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २३ गते (मंगलबार) 

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २४ गते (बुधबार) 

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

२०७८ कार्तिक २५ गते (बिहिबार) 

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।