जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १७:२७

पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण


काठमाडौं, कात्तिक २३ । नेपालमा आज ५३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कुल संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ जना पुगेको छ।

कुल संक्रमितमध्ये ७ हजार ६१२ सक्रिय संक्रमित छन् । त्यस्तै सोही अवधिमा ४८४ जना संक्रमित निको भएका छन् ।

यससँगै देशभर निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ। हाल ११० जना क्वारेन्टाइनमा छन् । १९९ जना आइसीयू र ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।