जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १०:३४

देउवाले देखाइदिए प्रचण्ड-माधवको औकात


काठमाडौं, कात्तिक २४ । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकर्तामा रुपान्तरण हुनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अव कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको कार्यकर्ता बन्नुभएको छ । प्रधानमन्त्री तथा कांगे्रस सभापति शेरबहादुर देउवाले सरकारलाई सघाउन भन्दै पौडेलको नेतृत्वमा ११ सदस्यीय समन्वय समिति निर्माण गरी प्रचण्ड र माधवलाई हैसियत देखाइ दिनुभएको हो ।

बालुवाटार स्रोतका अनुसार प्रचण्ड र माधवको हैसियत देखाइ दिन प्रधानमन्त्री देउवाले पौडेललाई संयोजक बनाएर पूर्वप्रधानमन्त्रीहरुलाई सदस्य राखिदिनु भएको हो । पौडेल नेतृत्वको समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला सदस्य हुनुहुन्छ । माओवादीबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका तर्फबाट माधवकुमार नेपाल सदस्य हुनुहुन्छ ।

यस्तै, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहनुभएको छ । समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ। सत्तारुढ गठबन्धनको यो निर्णयपछि सामाजिक सञ्जालमा प्रचण्ड र माधवको उच्च सम्मान भएको भन्दै ब्यंग्य सुरु भएको छ ।