काठमाडौं, कात्तिक २४ । नेकपा एमाले बागमति प्रदेशमा डेढ लाख भन्दा बढी संगठित सदस्य पुगेका छन । आगामी दशौं महाधिवेशनमा प्रतिनिधि छनोटको दिन कात्तिक २७ नजिक आइरहँदा एमाले बागमतिले १३ ओटै जिल्लाको संगठित सदस्यको बिवरण तयार पार्दा १ लाख ६८ हजार ३ सय ६८ जना पुगेका हुन ।
एमाले बागमति प्रदेशका अध्यक्ष आनन्द्रप्रसाद पोखरेलले काठमडौंको संगठित सदस्यको बिवरण केही बढन सक्ने भएकोले यो संख्यामा केही थपिने जनताटाइम्स डटकमलाई जानकारी दिनुभयो । काठमाडौं जिल्ला कमिटीले आज पनि सदस्यता नविकरणको काम भइरहेकोले प्रदेश कार्यालयमा केही संख्या थपिने जानकारी गराएको र कात्तिक २७ गते बिहानसम्म सवै टुंगो लाग्ने प्रदेश कमिटीले जनाएको छ । बागमति अध्यक्ष पोखरेलले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार १३ जिल्लामध्ये काभ्रेपलाञ्चोकमा सवैभन्दा बढी र रसुवामा सवैभन्दा कम संगठित सदस्य रहेका छन । सिन्धुली काभ्रेपछि दोस्रो नम्बरमा देखिएको छ ।

एमाले बागमति प्रदेश कार्यालयका अुसार काभ्रेमा २२ हजार ५५ जना संगठित सदस्य रहेका छन भने रसुवामा १८ सय ३६ जना संगठित सदस्य पुगेका छन । यस्तै काठमाडौंमा २० हजार १ सय, ललितपुरमा ८ हजार ६ सय ५, भक्तपुरमा ९ हजार ४ सय २७ जना संगठित सदस्य रहेका छन । यसैगरी मकवानपुरमा ९ हजार २ सय ५८, चितवनमा १५ हजार ८ सय ११, धादिङमा १२ हजार २ सय ४९, नुवाकोटमा ८ हजार ९ सय २६ जना संगठित सदस्य पुगेको प्रदेश अध्यक्ष पोखरेलले बताउनु भयो । यस्तै दोलखामा १२ हजार १ सय ५७, सिन्धुपाल्चोकमा १५ हजार २५, रामेछापमा १२ हजार ६ सय ६२ र सिन्धुलीमा २० हजार २ सय ५७ जना संगठित सदस्य पुगेका छन ।
यस्तो छ १३ जिल्लाको संगठित सदस्य
१. काठमाडौं– २०,१००
२. ललितपुर– ८६०५
३. भक्तपुर– ९४२७
४. मकवानपुर– ९२५८
५. चितवन– १५८११
६. धादिङ– १२२४९
७. रसुवा–१८३६
८. नुवाकोट–८९२६
९. काभ्रेपलाञ्चोक–२२०५५
१०. सिन्धुपाल्चोक– १५०२५
११. दोलखा– १२१५७
१२. रामेछाप– १२६६२
१३. सिन्धुली– २०२५७
जम्मा- १६८३६८













प्रतिक्रिया दिनुहोस्