जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १९:२७

कर्णालीमा एमालेका ६२ हजार बढी संगठित सदस्य, दैलेखमा सबैभन्दा धेरै


काठमाडौं, २४ कार्तिक । कर्णाली प्रदेशका दश जिल्लामा गरी ६२ हजार १ सय ४२ पार्टी सदस्यता नवीकरण भएको छ । जसमा कालिकोटमा ७३२७, सल्यानमा ३००७, हुम्लामा ४८२७ पार्टी सदस्यता नवीकरण भएको एमाले नेता विष्णु रिजालले जनाकारी दिनुभयो ।

उहाँका अनुसार डोल्पामा ५५८६, जाजरकोट ४८८८, जुम्लामा ३१९६, सुर्खेतमा १२०९०, मुगुमा ४८८९, रुकुमपश्चिममा ३१२१ र दैलेखमा १३,२१४ जनाले सदस्यता नवीकरण गरेका छन् ।